काठमाडौँ:
कीर्तिपुर नगरपालिकाका मेयर राजकुमार नकर्मीको निधन भएको शोकमा आज (आइतबार) काठमाडौँ उपत्यकाका सबै स्थानीय तहमा सार्वजनिक बिदा दिइएको छ।

मिर्गाैला रोगबाट पीडित मेयर नकर्मीको उपचारका क्रममा गत बिहिबार वीर अस्पतालमा मृत्यु भएको थियो।

उक्त शोकमा काठमाडौँ उपत्यका मेयर्स फोरमले काठमाडौँ, ललितपुर र भक्तपुरका स्थानीय तहमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो।

काठमाडौँ महानगरपालिकासहित उपत्यकाका पालिकाहरूले सूचना जारी गरी आज आफ्नो क्षेत्रका वडा कार्यालय, विद्यालयलगायत सार्वजनिक कार्यालय बन्द रहने जानकारी दिएका छन्।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version