काठमाडौँ: उपप्रधान एवं सहरी विकास मन्त्री प्रकाशमान सिंहले संसद् भवन निर्माणको गति सुस्त देखिएको भन्दै चासो व्यक्त गरेका छन् । काम गति सुस्त भएको गुनासो पछि आज निरीक्षणमा पुगेका उपप्रधानमन्त्री सिंहले सिफ्ट बढाएर भए पनि बाँकी रहेको काम ९ महिनाको समयावधिभित्र सक्न निर्देशन दिए। त्यसका लागि आवश्यक सहजीकरण गर्न मन्त्रालय तयार रहेको भन्दै उनले काम समयमै सक्नुपर्नेमा जोड दिए ।

‘समयमा भवन निर्माणको काम सम्पन्न गर्न के समस्या छ ? मन्त्रालयले के सहजीकरण गर्नुपर्छ ? मन्त्रालय तयार छ । काम छिटो हुनुपर्यो । दोहोरो, तेहरो सिफ्टमा काम गरेर भए पनि बाँकी रहेको समयावधि ९ महिनामा बाँकी सबै काम काम सक्नुपर्‍यो,’ उपप्रधानमन्त्री सिंहले निरीक्षणपछि भने ।

निर्माण सम्झौता अनुसार आगामी नौ महिनामा काम सम्पन्न गर्नुपर्ने भए पनि ठेकदार कम्पनीले काममा गति दिएको देखिएको छैन । सहरी विकास मन्त्रालयका सचिव मणिराम गेलालले कम्तीमा दुई सिफ्टमा काम गर्न ठेकदार कम्पनीलाई निर्देशन दिए पनि हाल एक सिफ्टमा मात्रै काम भइरहेको बताए । प्रतिदिन ७ सय जनाले काम गर्नुपर्नेमा एक डेढ सयले काम गरेपछि निर्माणमा ढिलाइ भएको हो । उनले भने, ‘श्रमिकको सङ्ख्या पुगेन । कन्ट्राक्टरलाई अहिलेसम्म काममा भइरहेको ढिलाइ कसरी पूर्ति गर्नुहुन्छ भनेर हामी छलफल गरिरहेका छौँ । यसको समाधान गर्छौं ।’

सिंहदरबार परिसरमा सङ्घीय सांसदका दुवै सदन प्रतिनिधि सभा र राष्ट्रिय सभा, संसदीय समितिहरू, संसदीय दलका कार्यालयसमेत रहने गरी १२ वटा ब्लक सहितको भव्य भवन निर्माणको काम भइरहेको छ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version