काठमाडौँ: देशैभर ९६ प्रतिशत धान रोपाईं सम्पन्न भएको छ । साउनको २० गतेसम्म सात वटै प्रदेशमा १३ लाख ४९ हजार हेक्टर जमिनमा रोपाईं सम्पन्न भएको हो । अघिल्लो वर्ष यो समयमा ८१ प्रतिशत मात्र धान रोपाईं सम्पन्न भएको थियो।

कृषि विभागका अनुसार यो वर्ष १४ लाख एक हजार हेक्टर धान रोपाईं हुने आकलन गरिएको छ ।

सुदूरपश्चिम प्रदेशमा रोपाईं सकिएको छ भने बागमती प्रदेशमा ९४ प्रतिशत रोपाईं मात्र सम्पन्न हुन सकेको छ । त्यसैगरी, कोशी प्रदेशमा हालसम्म ९५ प्रतिशत रोपाईं सम्पन्न भएको छ भने मधेस प्रदेशमा ९५ दशमलब ४ प्रतिशत, गण्डकी र लुम्बिनीमा ९६ प्रतिशत, कर्णाली प्रदेशमा ९९ प्रतिशत रोपाईं सम्पन्न भएको बिभागले जनाएको छ ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version