काठमाडौं । भारतीय विदेश सचिव विक्रम मिश्री नेपाल भ्रमणमा आउँदै छन ।

विदेश सचिवमा नियुक्त भएपछि उनी पहिलो पटक नेपाल आउन लागेका हुन।

परराष्ट्र मन्त्रालयका प्रवक्ता अमृतबहादुर राईका अनुसार ‘नयाँ विदेश सचिव आउँदा दक्षिण एसियाको भ्रमण गर्ने प्रचलन’ अनुसार उनी नेपाल आउन लागेका हुन्।

उनी चाँडै नेपाल आउने भनिए पनि त्यसको मिति भने अझैं निश्चित भैनसकेको परराष्ट्र मन्त्रालयको भनाइ छ।

मिश्री गत असार १४ गते भारतीय विदेश सचिव नियुक्त भएका थिए।

विदेश सचिवमा नियुक्त भएपछि पहिलो भ्रमण भने उनले भुटानमा गरेका थिए।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version