काठमाडौँ : मंगलबार नेप्से सूचक १४५ अंकले घटेर करेक्सनमा गएको सेयरबजार आज १०८ अंकको वृद्धिसहित हरियो बनेको छ।

लामो समय बढेको बजारले मंगलबार करेक्सन लिँदा राताम्मे बनेको बजार बुधबार पुन बढेको हो।

बुधबार नेप्से १०८.३५ अंकले बढेर २७५९.७६ अंकमा आइपुगेको हो। मंगलबार घटेका कम्पनीहरुको मूल्य बुधबार सर्किट लेभलमै बढेका हुन्।

बुधबार फाइनान्स, जलविद्युत्, होटल व्यापार तथा अन्य समूहमा रहेका कम्पनीको मूल्यमा उछाल देखिएको हो।

करेक्सनपछिको बजारमा लगानीकर्ताले १७ अर्ब ९५ करोड रुपैयाँको कारोबार गर्दा बोटलर्स नेपाल (बालाजु), गुडविल फाइनान्स, समृद्धि फाइनान्स, प्रोग्रेसिभ फाइनान्स, नेपाल रिइन्स्योरेन्स, मैलुङ खोला जलविद्युत्, डोल्टी पावर कम्पनी, सिटी होटल र हिमालयन रि इन्स्योरेन्स कम्पनीको सेयरमूल्यमा १० प्रतिशतको वृद्धिसहित सर्किट लागेको हो।

कारोबारमा भने आज हिमालयन रिइन्स्योरेन्स अगाडि छ। यो कम्पनीको १ अर्ब ५३ करोड रुपैयाँको कारोबार हुँदा नेपाल फाइनान्सको ६५ करोड रुपैयाँको कारोबार भएको हो।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version