काठमाडौँ: अमेरिकी डलरको भाउले नयाँ रेकर्ड बनाएको छ । मंगलबार र बुधबार रेकर्ड बनाएको डलरले बिहीबार पनि अर्को रेकर्ड कायम गरेको हो । नेपाल राष्ट्र बैंकका अनुसार बिहिबार अमेरिकी डलरको खरिद दर १३४ रुपैयाँ ०४ पैसा र बिक्री दर १३४ रुपैयाँ ६४ पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार बिहीबार युरोको खरिद दर १४६ रुपैयाँ ३९ पैसा र बिक्री दर १४७ रुपैयाँ ०५ पैसामा कारोबार भइरहेको छ ।

आज कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ७६ पैसा र बिक्री दर ३६ रुपैयाँ ९२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

यसैगरी, बिहीबार बेलायती पाउण्ड एकको खरिद दर १७० रुपैयाँ ६८ पैसा र बिक्री दर १७१ रुपैयाँ ४४ पैसामा कारोबार भइरहेको छ । आज अष्ट्रेलियन डलर एकको खरिद दर ८८ रुपैयाँ १० पैसा र बिक्री दर ८८ रुपैयाँ ४९ पैसा रहेको छ ।.

बिहीबार मलेसियन रिंगिट एकको खरिद दर २९ रुपैयाँ ८१ पैसा र बिक्री दर २९ रुपैयाँ ९४ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ ।

साउदी अरबियन रियल खरिद दर ३५ रुपैयाँ ७० पैसा र बिक्री दर ३५ रुपैयाँ ८६ पैसा रहेको छ । बिहीबार साउथ कोरियन वन १०० को खरिददर ९ रुपैयाँ ७५ पैसा छ भने बिक्री दर ९ रुपैयाँ ७९ पैसा छ ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version