काठमाडौं: सहकारी संस्था वचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानविन विशेष समितिले सुमेरू वचत तथा ऋण सहकारी संस्था पुल्चोकका शेयरसदस्य राजबहादुर सिंहसँग बयान लिएको छ ।

समिति सभापति सूर्य थापाका अनुसार सिंहले आफ्नो निजी सम्पत्तिबाट समेत वचतकर्ताको रकम फिर्ताको व्यवस्था थालनी गर्ने बताएका छन् ।

यही लक्ष्य अनुसार सहकारी संस्था पुनः सञ्चालन गर्ने योजनाका साथ नयाँ संचालक समूह आएको सिंहले जानकारी गराएका छन् ।

राजबहादुर सिंह पूर्वराजा ज्ञानेन्द्रका ज्वाईं हुन् । बयानका क्रममा उनले आफूले पहिलो पटक यस्तो बयान दिएको पनि बताएका थिए ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version