काठमाडौँ: सोमबार एक सय ७१ कम्पनीको मूल्य बढ्दा कारोबार २७ अर्ब नाघेको छ । जुन हालसम्म कै उच्च हो ।आइतबार २५ अर्ब २७ करोडको कारोबार भएर रेकर्ड बनाएको बजारमा आज २७ अर्ब २४ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।

सोमबार नेप्से परिसूचक ७०।८१ अंक बढेर २९३१ अंकमा कायम भएको छ । आज कुल १७१ कम्पनीको मूल्य बढ्दा ६८ को घट्यो भने ३ को स्थिर रहेको छ । आज बैंकिङ २.९५, विकास बैंक ३.००, फाइनान्स ४.८१, होटल तथा पर्यटन २.९४, हाइड्रोपावर ३.४३, जीवन बीमा ५.८५, माइक्रोफाइनान्स १.०८, निर्जीवन बीमा २.९७, अन्य १.०० तथा ब्यापार समूह ४.१३ प्रतिशत बढेका छन् ।

लगानी ०.१९ र उत्पादन समूह सूचक १. १९ प्रतिशत घटेका छन् । आज कारोबार रकमका आधारमा हिमालयन रिइन्स्योरेन्स, शिवम् सिमेन्ट, नेपाल फाइनान्स, निफ्रा तथा हिमालयन लाइफ इन्स्योरेन्स कम्पनी अगाडि रहेका छन् ।

एक दर्जन कम्पनीको मूल्य १० प्रतिशत बढेको छ । सूर्यज्योति लाइफ इन्स्योरेन्स, हिमालयन लाइफ, जोशी हाइड्रोपावर, रसुवागढी हाइड्रोपावर, स्वेतगंगा हाइड्रोपावर, शुभम् पावर, भिजन लुम्बिनी ऊर्जा, सगरमाथा जलविद्युत्, हिमाल दोलखा हाइड्रोपावर, नेसनल हाइड्रोपावर, अरुण काबेली, आँखुखोला जलविद्युत्को मूल्य १० प्रतिशत बढ्यो ।

कुथेली बुकरी स्मल हाइड्रोपावरको मूल्य १० प्रतिशत घटेको छ । उक्त कम्पनीको सेयर आइतबार पनि १० प्रतिशतले नै घटेको थियो ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version