काठमाडौं । सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिका- ७ तिपेनीमा सुख्खा पहिरो खसेको छ ।

पहिरोले पाँचपोखरी प्राथमिक अस्पताल उच्च जोखिममा रहेको छ । खोला थुनिएर तिपेनी बजार, हाइड्रोपावर, मेलम्ची बजारलगायत नदी तटीय क्षेत्र जोखिममा परेको छ ।

जिल्ला प्रशासन कार्यालयले पहिरो खसेपछि खोलामा बाढी आउन सक्ने भएकाले उच्च सतर्कता अपनाउन सचेत गरेको छ ।

प्रशासनले सूचनामा भनेको छ, ‘पाँचपोखरी थाङपाल गाउँपालिका ७, ८, मेलम्ची नगरपालिका ७, ९, ११, १२, १३, इन्द्रावती गाउँपालिका १०, ११ र १२ लगायतका तटीय क्षेत्रमा बस्ने स्थानीय वासिन्दालाई उच्च सतर्कता अपनाउन अनुरोध गरिन्छ ।’

जोखिममा रहेको अस्पतालको सामग्री सार्ने तयारी भइरहेको प्रशासन कार्यालयले जनाएको छ ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version