तनहुँ: तनहुँको आँबुखैरेनीनजिकै ऐना पहराबाट मर्स्याङ्दी नदीमा यात्रुवहाक बस खसेको छ।

शुक्रबार बिहान साढे ११ बजे आबुखैरेनी गाउँपालिका वडा नम्बर २ ऐनापहरास्थित सडकबाट बस मर्स्याङ्दी नदीमा खसेको जिल्ला प्रहरी कार्यालय तनहुँका एसपी वीरेन्द्रबहादुर शाहीले जानकारी दिए।

उनकाअनुसार घटनास्थलमा आँबुखैरेनीको प्रहरी टोली पुगेको छ। डोरी लगाएर उद्धार गर्न थालिएको एसपी शाहीले बताए।

बस कहाँबाट कहाँ जाँदै थियो, कति जना यात्रु थिए र अन्य विवरण खुलिसकेको छैन।

प्रमुख जिल्ला अधिकारी, एसपी र अन्य सुरक्षाकर्मी घटनास्थलतर्फ जाँदैछन्। घटनास्थल पृथ्वी राजमार्गको आँबुखैरेनी-मुग्लिन सडकखण्डमा पर्छ।

भारतीय नम्बरप्लेटको गाडी रहेको प्रारम्भिक सूचना आएको तर निश्चित हुन बाँकी रहेको पनि उनले बताए।

घटनाको विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version