काठमाडौँ:
मुस्ताङको थासाङ गाउँपालिका–२ कोवाङमाथि धौलागिरी हिमालनजिकै हिमपहिरो खसेको छ। हिमपहिरो खसेर अहिले त्यहाँस्थित छिप्लुङ खोलासमेत थुनिएको वडा नम्बर २ का अध्यक्ष गौतम शेरचनले नेपालखबरलाई जानकारी दिए।

उनका अनुसार, सो खोलाको किनारमा रहेका बस्तीहरूलाई सुरक्षित ठाउँतर्फ अवतरण गराउने काम चलिरहेको छ। झण्डै दुई घण्टादेखि उक्त खोला थुनिएपछि निरीक्षणका लागि अहिले जिल्ला प्रहरी कार्यालयको टोली पुगेको छ।

टोलीले ड्रोन क्यामेराको सहायतामा निरीक्षण गर्दा हिमपहिरो खसेको पाइएको हो। थुनिएको नदी बग्दै बोक्से भन्ने खोलामा मिसिन्छ।

बोक्सेमा मिसिने सो नदीबाट पानी आउन छाडेपछि स्थानीय सरकारसहित प्रहरीले निरीक्षण थालेको थियो।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version