काठमाडौँ: मंगलबार पनि सेयर बजार भारी अंकले घटेको छ । आज नेप्से परिसूचक अघिल्लो दिनको तुलनामा १११.९६ अंकले घटेको हो । आज घटेसँगै नेप्से २७८२ अंकमा कायम भएको छ ।

आज १८ अर्ब ६४ करोड ९५ लाख ३३ हजार रुपैयाँ बराबरको ४ करोड ३८ लाख ६८ हजार कित्ता सेयर कारोबार भएको छ । अघिल्लो दिन १९ अर्ब ७४ करोडको कारोबार भएको थियो ।

आज २० कम्पनीको मूल्य बढ्दा २२३ को घट्यो भने एउटाको स्थिर रह्यो । आज होटल तथा टुरिजम समूहको उपसूचक झिनो ०.४३ प्रतिशतले बढ्नुबाहेक अरु १२ वटा उपसूचक ऋणात्मक भएका छन् । बैंकिङ, डभलपमेन्ट बैंक, फाइनान्स र इन्भेष्टमेन्ट समूहको उपसूचक ४ प्रतिशतमाथिले घट्दा आज हाइड्रोपावर, लाइफ इन्स्योरेन्स र अन्य समूहको उपसूचक ३ प्रतिशतमाथिले घटेका छन् ।

बैंकिङ ४.९५, विकास बैंक ४.१८, फाइनान्स ४.६९, हाइड्रोपावर ३.९६, लगानी ४.१३, जीवन बीमा ३.६५, उत्पादन २.९३, माइक्रोफाइनान्स २।९६, निर्जीवन बीमा २.४५, अन्य ३.८५ र व्यापार समूहको सूचक २.१६ प्रतिशत घटे ।

तीन कम्पनी तारागाउँ रिजेन्सी, आत्मनिर्भर लघुवित्त, दोल्ती पावरको मूल्य १० प्रतिशत बढ्यो । थ्रीस्टार हाइड्रोपावरको ९.८, कर्णाली विकास बैंकको ९.४, विन नेपाल लघुवित्तको ६।९ प्रतिशत मूल्य बढ्यो ।

नेपाल फाइनान्सको मूल्य १० प्रतिशत घट्यो । रिडी पावरको ८.५, नेसनल हाइड्रोपावरको ७.६, शिवश्री हाइड्रोपावरको ७.४ तथा घलेम्दी हाइड्रोपावरको ७.४ प्रतिशत मूल्य घट्यो । कारोबार रकमका आधारमा हिमालयन रिइन्स्योरेन्स, अपी पावर, अरुणभ्याली हाइड्रोपावर, नेपाल फाइनान्स र निफ्रा क्रमशः अगाडि रहेका छन् ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version