काठमाडौं: अमेरिकी डलरको मूल्यले नयाँ रेकर्ड बनाएको छ । नेपाल राष्ट्र बैंकले आज अमेरिकी डलर एकको खरिददर १३४.०८ रुपैयाँ र बिक्रीदर १३४.६८ रुपैयाँ तोकेको छ । जुन हालसम्मकै उच्च हो ।
आज एक युरोको खरिददर १४८.९३ रुपैयाँ र बिक्रीदर १४९.६० रुपैयाँ तोकेको राष्ट्र बैंकले जनाएको छ । बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर १७६.६४ रुपैयाँ र बिक्रीदर १७७.४३ रुपैयाँ कायम छ । अष्ट्रेलियन डलर एकको खरिददर ९०.२४ रुपैयाँ र बिक्रीदर ९०.६५ रुपैयाँ, क्यानेडियन डलर एकको खरिददर ९९.२५ रुपैयाँ र बिक्रीदर ९९.७० रुपैयाँ तोकिएको छ ।
राष्ट्र बैंकका अनुसार साउदी अरेबियन रियाल एकको खरिददर ३५.७२ रुपैयाँ र बिक्रीदर ३५.८८ रुपैयाँ, कतारी रियाल एकको खरिददर ३६.७८ रुपैयाँ र बिक्रीदर ३६.९५ रुपैयाँ, युएई दिराम एकको खरिददर ३६.५१ रुपैयाँ र बिक्रीदर ३६.६७ रुपैयाँ, मलेसियन रिंगिट एकको खरिददर ३०.९१ रुपैयाँ र बिक्रीदर ३१.०५ रुपैयाँ तोकिएको छ ।

