जाजरकोट: जाजरकोटको बारेकोट गाउँपालिका–६ धुमामा पहिरोले घर भत्किँदा बेपत्ता भएका वडासदस्य दम्पतीको शव फेला परेको छ।

बारेकोट गाउँपालिकाका अध्यक्ष वीरबहादुर गिरीले पहिरोले पुरिँएका दम्पतीको शव आइतबार बिहान साढे १० बजे पहिरोबाट निकालिएको जानकारि दिए।

गएराति अविरल वर्षासँगै आएको पहिरोले घर पुरिँदा बारेकोट गाउँपालिका–६ का महिला वडा सदस्य ३८ वर्षीया प्रेमकुमारी चलाउनेको घर पहिरोले पुरिँदा पतिपत्नी नै बेपत्ता भएका थिए।

बारेकोट गाउँपालिका–६ का वडाध्यक्ष डम्बरबहादुर महताराले पहिरोले घर पुरिँदा वडा सदस्य प्रेमकुमारी र उनका पतिको मृत्यु भएको बताए।

यस्तै, पहिरोमा पुरिएकी उनीहरूकी १९ वर्षीया छोरी सम्झना चलाउनेको उद्धार गरेर नेपाली सेनाको हेलिकप्टरमार्फत् प्रदेश अस्पताल कालागाउँमा उपचारका लागि पठाइएको छ।

घाइते भएकी सम्झानालाई आइतबार बिहान १० बजेको समयमा हेकिप्टरबाट उद्धार गरेर प्रदेश अस्पताल कालागाउँ सुर्खेतका उपचारका लागि पठाइएको वडाध्यक्ष महताराले जानकारी दिए।

यस्तै सोही घरमा बास बसेकी वडासदस्य चलाउनेका जेठाजुकी छोरी १८ वर्षीया बिमला चलाउने भने पहिरोले घर पुरिनुभन्दा पहिला नै सकुशल बाहिर निस्कन सफल भएकी जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version