काठमाडौँ:
काठमाडौंको नागार्जुन नगरपालिका– ७ की वडासचिव सुमा केसी मृत फेला परेकी छिन् । उनी आइतवार आफ्नै घरको कुखुरा पाल्ने टहरोमा झुण्डिएको अवस्थामा मृत फेला परेकी हुन् ।

नगरपालिकाका प्रमुख (मेयर) मोहन बस्नेतका अनुसार उनी झुण्डिनुको कारण पत्ता लागेको छैन । केसीको शव पोस्टमार्टमका लागि शिक्षण अस्पताल महाराजगञ्ज पठाइएको छ ।

मृतक वडासचिव केसी मिलनसार र काममा अब्बल रहेको सहकर्मीहरूले बताएका छन् । नागार्जुन–७ का पूर्वअध्यक्ष रमेश गौतमका अनुसार केसीले आत्महत्याको बाटो कसरी लिइन् भन्नेबारे प्रहरीलाई अनुसन्धान गर्न भनिएको छ ।

केसीको मृत्युमा शोक मनाउँदै नागार्जुन नगरपालिकाले आइतवार नगरपालिका, सबै वडा कार्यालय, स्वास्थ्य संघसंस्था र सामुदायिक एवं संस्थागत विद्यालयमा बिदा दिने निर्णय गरेको मेयर बस्नेतले बताए ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version