काठमाडौं: हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित छ।

यतिबेला (मंगलबार बिहान) देशका पहाडी भूभाग लगायत कर्णाली तथा सुदूरपश्चिम प्रदेशको मौसम आंशिकदेखि साधारणतया बदली छ।

देशका बाँकी क्षेत्रमा आंशिक बदली छ। बागमती र कर्णाली प्रदेशका एकदुई स्थानमा अहिले छिटपुटदेखि हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

आज दिउँसो पनि देशभर आंशिकदेखि साधारणतया बदली रहने छ।

कोसी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा बाँकी भूभागका थोरै स्थानमाआज दिउँसो पनि मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोसी र गण्डकी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।

आज राति पनि देशभर आंशिकदेखि साधारणतया बदली रहने छ।

कोसी, मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोसी, गण्डकी र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा राति भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले मंगलबार बिहान ६ बजे जारी गरेको बुलेटिनमा उल्लेख छ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version