काठमाडौँ:
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सत्तारुढ दुई दल नेपाली कांग्रेस र नेकपा एमालेले देशलाई दुई दलीय व्यवस्थामा लैजाने प्रपञ्च गरिरहेको अरोप लगाएका छन्।

बुधबार रास्वपाको राष्ट्रिय भेलामा राजनीतिक प्रतिवेदन पेस गर्दै उनले यसका कारण साना दलबीच ध्रुविकरणको आधार बन्दै गएको समेत दाबी गरेका छन्।‘सरकार सहयात्री कांग्रेस र एमालेले मुलुकलाई दुई दलीय व्यवस्थामा लैजाने प्रपञ्च गरिरहेकाले राजनीतिक ध्रुविकरणको आधार बन्दै गएको छ,’ लामिछानेले भनेका छन्, ‘व्यवस्थापकीय सुधार र राजनीतिक स्थिरताको बहनामा उनीहरू साना दलको अस्तित्व मेटाउने योजनामा छन्। सम्भावित यो कदमले वैकल्पिक राजनीतिक शक्ति बन्न चाहने नयाँ दल र शक्तिहरूलाई ढिल-चाँडो सहकार्यका लागि एकै ठाउँमा ल्याउन सक्छ।’

यस्तो अवस्थामा वैकल्पिक राजनीतिक शक्तिहरुलाई एकीकृत गर्ने दायित्व आफूहरुकै हुने उनको प्रतिवेदनमा उल्लेख छ। ‘यहाँ हामीले ख्याल गर्नुपर्छ कि, वैकल्पिक राजनीतिक शक्तिप्रतिको विश्वास र मतलाई एकीकृत गर्ने दायित्व पनि हाम्रै हो,’ लामिछानेको प्रस्ताव छ, ‘यसलाई पनि हामीले अभियानकै रुपमा अगाडि बढाउनुपर्छ।’

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version