काठमाडौ: सरकारले प्रत्येक वर्षको वैशाख ७ गतेलाई राष्ट्रिय याक दिवसका रुपमा मनाउने निर्णय गरेको छ । बुधवार बसेको मन्त्रीपरिषदको बैठकले वैशाख ७ गतेलाई याक दिवसको रुपमा मनाउने निर्णय गरेको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ ।
कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले आफ्नो अग्रसरतामा यहि भदौ ३० गते मन्त्रालयले तयार पारेको यस सम्बन्धि प्रस्ताब स्वीकृत गर्नुभएको थियो । याक तथा चौरीको संरक्षण सम्वद्र्धन एंव राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रमा यसको प्रवद्र्धन गर्ने उद्देश्यले राष्ट्रिय याक दिवस घोषणा गरि मनाउने निर्णय गरिएको कृषि तथा पशुपन्छी विकासमन्त्री अधिकारीले वताउनुभयो । याक दिवसको घोषणाले याक जन्य वस्तुहरुको गुणस्तरीयतामा वृद्धि भई राष्ट्रिय आय वृद्धिमा योगदान दिनसक्ने र याक तथा चौरीको विकास र प्रबर्द्धनमा सहयोग पुग्ने र यस्को संरक्षण ,प्रबर्द्धन र विकासमा सघाउ पुग्ने विश्वास मन्त्रालयले लिएको छ ।
जंगली याक सँग स्थानीय गाईको क्रस गरि घर पालुवा चौरीको विकास गरिने भएकाले जंगली याकको संरक्षण चौरी उत्पादन सँग प्रत्यक्ष रुपमा जोडिएको छ ।
नेपालमा मात्र उत्पादन हुने विश्व प्रसिद्ध याक चिज ओमेगा —३ फयाट्टी एसिडको स्रोत रहेको ,याकको दहि प्रसिद्ध दूग्ध परिकारको रुपमा रहेको ,याकको दुधवाट बनेको छुर्पी हिमाली क्षेत्रका किसानहरुको आम्दानीको प्रमुख स्रोतको रुपमा रहेको रहेको र हिमाली क्षेत्रको सभ्यताको रुपमा समेत याक रहि आएको छ ।
याकलाई राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन ,२०२९ ले संरक्षित वन्यजन्तुको सुचीमा उल्लेख गरेको छ । याक अनुवांशिक स्रोत केन्द्रले २०८० साल वैशाख ७ गते आफनो ५० औं स्थापना दिवस स्वर्ण जयन्तीको रुपमा मनाउने सन्दर्भमा याक तथा चौरीको संरक्षण र सम्वद्र्धनका लागि वैशाख ७ गतेलाई राष्ट्रिय याक दिवस घोषणा गरि मनाउन उपयुक्त हुने निर्णय गरेको थियो ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version