काठमाडौं : कालिका पावरको आइपीओ बुधबार बाँडफाँट भएको छ । गोलाप्रथामार्फत १ लाख १३ हजार १७७ जना लगानीकर्तालाई १० कित्ताको दरले सेयर बाँडफाँट गरिएको कम्पनीले जनाएको छ ।
कालिकाको आइपीओमा कुल ८० लाख ६ हजार ९९० कित्ता सेयरका लागि ८० करोड ६ लाख ९९ हजार रुपैयाँ बराबरको आवेदन परेकोमा १८ हजार ७८० कित्ता सेयरका लागि दिएको आवेदन रद्द भएको छ ।
कालिकाले भदौ २८ गतेदेखि असोज १ गतेसम्म १२ लाख कित्ता आइपीओ बिक्री खुला गरेको थियो ।
Facebook Comments Box
