काठमाडौँ:
नौबिसे–मुग्लिन सडकखण्डमा पर्ने चिरौँदी खोलानजिक पहिरोले एउटा कार बगाएको छ।

बिहीबार राति सडकमाथिबाट आएको पहिरोले कार बगाएको धादिङ प्रहरीले जनाएको छ। प्रहरीका अनुसार पहिरोले कारलाई बगाएर सडकभन्दा केही तल खसालेको छ।

धादिङको गजुरीबाट काठमाडौँ जाँदै गरेको बा २ च ७८८५ नम्बरको कारलाई पहिरोले बगाएको हो।

उक्त पहिरोमा परेर ४ जना घाइते भएका जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ।

घाइते हुनेमा काठमाडौँ चन्द्रागिरी नगरपालिका- १२ बस्ने ६५ वर्षका धर्म महर्जन, सोही स्थानका ४५ वर्षका देवकृष्ण श्रेष्ठ, ५८ वर्षका करण प्रकाश शाही र कार चालक कास्कीको पोखरा महानगरपालिकाका ४० वर्षका विष्णु श्रेष्ठ रहेका छन्।

सामान्य घाइते उनीहरु उपचार पश्चात् डिस्चार्ज भइसकेका प्रहरीले जनाएको छ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version