काठमाण्डौं, १२ असोजः गृहमन्त्री रमेश लेखक निरन्तरको बर्षाका कारण आएको बाढी, पहिरो लगायतका प्राकृतिक विपद्को जोखिममा परेका नागरिकहरुको उद्दार, राहत तथा घाइतेहरुको स्वास्थ्य उपचारमा सरकार गम्भीर भएर लागिपरेको बताउनुभएको छ ।


शनिबार बिहान सिंहदरबारस्थित गृह मन्त्रालयमा बसेको ‘मनसुन पूर्वतयारी तथा प्रतिकार्य कमाण्ड पोष्ट’को बैठकपछि सञ्चारकर्मीहरुसित बोल्दै गृहमन्त्री लेखकले बर्षा, बाढी, पहिरो र डुबानबाट काठमाण्डौ उपत्यकामा मात्रै नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको उद्दार टोलीले साढे सात सय भन्दा बढी नागरिकको सकुशल उद्दार गरेको जानकारी दिनुभयो ।

“ दुई जनाको नेपाली सेनाको हेलिकप्टरबाट समेत उद्दार गरी सुरक्षित स्थानमा सारिएको छ ।” गृहमन्त्री लेखकले भन्नुभयो–“ मुलुकमा ठुलो विपद्को स्थिती आएको छ ।”

उहाँले बैठकले मुलुकभर बाढी, पहिरो र डुबानबाट भएको जनधनको क्षतिको सुचना संकलन गर्ने, उद्दार तथा राहतलाई थप प्रभावकारी बनाउने लगायतका विषयमा छलफल भएको बताउनुभयो ।

“ ठुलो जनधनको क्षति भएको छ, ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली व्यक्त गर्दछु ।” उहाँले भन्नुभयो–“ उद्दार, राहत लगायतका विषयमा सरकार सक्रिय भएर अघि बढिसकेको छ ।”

बर्षाका कारण काठमाण्डौ भित्र्निे सडकहरु अवरुद्ध भएको र तत्काल खुलाउन पहल गर्न सम्वन्धीत निकायलाई निर्देशन समेत दिनुभयो ।
“ विपद्बाट हुने क्षति न्युनीकरणका लागि सबै सुरक्षा संयन्त्र परिचालन भएको छ ।” उहाँले भन्नुभयो–“ बाढी, पहिरो लगायत विप्द सम्वन्धी पूर्व सुचना जारी गर्ने काम पनि हुदै आएको छ ।”

उहाँले अवस्था सामान्य हुदै गएपछि विस्थापितलाई पुर्नस्थापनाका लागि सरकारले पहल गर्ने मन्त्री लेखकको भनाई थियो ।
उहाँले ‘मनसुन पूर्वतयारी तथा प्रतिकार्य कमाण्ड पोष्ट’ २४ सै घण्टा सक्रिय बनाइने बताउनुभयो ।

“ खराब मौसमका कारण पनि कतिपय स्थानबाट हवाइ उद्दारमा समेत समस्या भयो ।” उहाँले भन्नुभयो–“ स्थलगत रुपमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको उद्दार, सुचना संकलनमा राष्ट्रिय अनुसन्धान विभाग र हेलिकप्टरबाट नेपाली सेनाले निगरानी र उद्दार गर्नेगरी सुरक्षा निकाय परिचालन भएको छ ।”

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version