काठमाडौँ : कोरिया सरकारले प्राविधिक तथा व्यावसायिक शिक्षा एवं तालीमको गुणस्तर अभिवृद्धि गर्न नेपाल सरकारलाई ५५ करोड रुपैयाँ अनुदान उपलब्ध गराउने भएको छ ।

अनुदान सहयोग सम्बन्धी समझदारीपत्रमा आज अर्थ मन्त्रालयमा आयोजित एक कार्यक्रममा नेपालका लागि कोरियाका राजदूत पार्क योङ सिक र अर्थसचिव राजन खनालले हस्ताक्षर गरेका छन् ।

अनुदानस्वरुप प्राप्त हुने उक्त रकम प्राविधिक तथा व्यावसायिक शिक्षाको गुणस्तरका साथै प्राविधिक संस्था र तिनका प्रशिक्षकहरूको प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धिमा खर्च हुनेछ ।

समझदारीपत्रमा हस्ताक्षर गरेपछि राजदूत पार्कले नेपालको प्राविधिक जनशक्तिलाई थप सशक्त तुल्याउन आफ्नो देशको सरकारबाट सहयोग प्रदान गरिएको बताउँदै त्यसले दुई देशबीचको पारस्परिक सम्बन्धलाई अझ सुदृढ तुल्याएको उल्लेख गरे ।

सचिव खनालले सन् १९७६ देखि कोरियाले नेपालको आर्थिक–सामाजिक विकासमा सहयोग गर्दै आएको चर्चा गर्दै सन् २०१० यता उक्त सहायतामा उल्लेख्य वृद्धि भई कोरियाले नेपाललाई ‘प्राथमिकता प्राप्त’ मुलुकको सूचीमा समावेश गरेकामा हार्दिक आभार प्रकट गरे ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version