काठमाडौँ:

बडादसैँ पर्व आज (असोज १७ गते) सुरु भएको छ। यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन धुमधामसँग मनाइन्छ।

बडादसैँको पहिलो दिन आज घटस्थापना- घरघरमा विधिपूर्वक दियो, कलश र गणेश स्थापना गरिन्छ।

पूजाकोठा वा दसैँघरमा वैदिक विधिपूर्वक शक्तिकी अधिष्ठात्री देवी दुर्गाको आह्वान गरी पूजा सुरु गरिन्छ।

आज बिहानै नित्य कर्म समाप्त गरी नजिकको नदी वा चोखो स्थलबाट बालुवा वा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजाकोठा अथवा दसैँघरमा विधिपूर्वक राखेर त्यसमाथि यव अर्थात् जौ रोपिएको छ। यसलाई जमरा राख्ने भनिन्छ।

यसैबीच काठमाडौँको हनुमानढोका दरबारमा रहेको दसैँ घरमा पनि जमरा राखिएको छ।

घटस्थापनाको उत्तम साइत आज बिहान ९ः१६ बजे दरबारको दसैँघरमा विधिपूर्वक जमरा राखिएको हो।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version