काठमाडौँ । दसैँमा गाउँघर फर्किन खोज्नेहरुसँग धेरै भाडा असुलेको आरोपमा ट्राफिक प्रहरीले काठमाडौँबाट १३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नक्कली टिकट बनाएर यात्रुसँग रकम ठग्ने र निर्धातिर भन्दा धेरै भाडा असुल्नेहरु छन् ।

१३ जनामध्ये काठमाडौँको कोटेश्वरबाट ३ जना र बल्खुबाट ६ जनालाई पक्राउ गरिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका डीएसपी रविन कार्कीले बताए ।

उनले भने, ‘बल्खु र कोटेश्वर लगाायतका ठाउँबाट १३ जनालाई पक्राउ गरेर कानुनी कारबाहीका लागी सम्बन्धित प्रहरी वृत्तलाई जिम्मा लगाएका छौं ।’

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version