बीपी राजमार्ग पुन: अवरुद्ध
काठमाडौँ:
आजदेखि सञ्चालनमा आउने भनिएको बीपी राजमार्ग फेरि अवरुद्ध भएको छ।
बीपी राजमार्गमा पर्ने रोशी गाउँपालिका-११ पिप्लेमा सुख्खा पहिरो खस्दा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ।
सडकमा सवारी साधन गुडिरहेको अवस्थामा एक्कसीआएको सुख्खा पहिरोले दुईवटा सवारी साधनसमेत पुरिएका छन् ।
सिन्धुलीटबाट काठमाडौँ तर्फ आउँदै गरेको बा ४ ख ४३५२ नम्बरको बसलाई पहिरोले रोशी खोलामा खसालेको र खोटाङबाट काठमाण्डौँतर्फ आउँदै गरेको ना १ ज। ६८१७ नम्बरको सुमोलाई पहिरोले पुरेको प्रहरीले जनाएको छ।
घटनामा मानवीय क्षति भने नभएको प्रहरीको भनाई छ।
Facebook Comments Box

