काठमाडौँ:
दसैँ पछिको पहिलो कारोबार दिन मंगलबार बजार हरियाली बनेको छ। मंगलबार सेयरबजार परिसूचक नेप्से ३१.४८ अंकले बढेर २६९९.६६ प्रतिशतमा पुगेको हो।

कारोबार सुरु भएबाटै बढेको नेप्सेले आज दिनभर जसो निरन्तरता पाएको थियो।बजार बढेको मौका छोपेर आज २०५ वटा कम्पनीको सेयरमूल्य बढेको छ भने ३२ वटा कम्पनीको मात्रै मूल्य घटेको छ।

यो दिन उत्पादन तथा प्रशोधन बाहेकका सबै समूहको सूचक बढेर हरियो बन्दा त्यसको प्रभाव कम्पनीको मूल्यमा देखिएको हो।

मंगलबार जानकी फाइनान्स र मिथिला लघुवित्तको सेयरमूल्यमा १० प्रतिशतको बृद्धि सहित सकारात्मक सर्किट लाग्यो भने मल्टीप्रपोज फाइनान्सको मूल्य पनि ९।३२ प्रतिशतको बृद्धि सहित सर्किट लेबलमै बढ्न पुग्यो।

यता घट्नेमा भने मिड सोलु हाइड्रो अगाडि देखिएको छ। यो कम्पनीको सेयरमूल्यमा १० प्रतिशतको गिरावट सँगै नकारात्मक सर्किट लागेको हो।

यो बाहेक आज युनाइटेड मोदी हाइड्रो, युनिलिभर नेपाल र सामुदायिक लघुवित्त सेयरमूल्य घट्ने कम्पनीहरुमा अगाडि देखिएका छन्।

दसैँ पछि खुलेको बजारमा सूचकमा बृद्धि देखिएपनि कारोबारमा भने लगानीकर्ता उति सक्रिय देखिएनन्। दशौ नसकिएकै कारण लगानीकर्ता बजारमा सक्रिय बन्न नसक्दा आज ३ अर्ब रुपैयाँको मात्रै सेयर कारोबार भएको हो। दसैँ अगाडिसम्म औषतमा ५ अर्बमाथिको कारोबार हुँदै आएको थियो।

आज ३ अर्ब को कारोबार हुँदा लगानीकर्ताले गुडवील फाइनान्सको सबैभन्दा धेरै सेयर किनबेच गरेका छन्। यो कम्पनीको १८ करोड सेयर खरिदबिक्री गर्दा नेपाल फाइनान्सको ११ करोडको सेयर खरिबिक्री गरेका हुन्।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version