काठमाडौँ:
प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संसदका प्रतिपक्षी दलहरूको बैठक बोलाएका छन्।
अहिले केही बेरपछि नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा बस्नेगरी बैठक बोलाइएको प्रचण्डको सचिवालयले जनाएको छ।
समसामयिक राजनीतिक विषय र बाढीपहिरोपछिको अवस्थाबारे छलफल गर्नका लागि प्रचण्डले विपक्षी दलहरुको बैठक बोलाइएका हुन्।
बैठकमा रास्वपा, राप्रपा, एकीकृत समाजवादी, जसपा, नेपाललगायतलाई बोलाइएको छ।
बाढीपहिरो पीडितलाई राहत पुनस्र्थापनाको लागि सरकारले तदारुकता नदेखाएको आरोप विपक्षी दलहरुले लगाउँदै आएका छन्।
Facebook Comments Box

