काठमाडौं:राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई कास्की जिल्ला अदालतले ६ दिन हिरासतमा राख्न अनुमति दिएको छ ।

सहकारी ठगी र सङ्गठित अपराधमा अनुसन्धानका लागि पक्राउ परेका उनलाई ६ दिन हिरासतमा राख्न अनुमति दिएको हो ।

उनलाई आइतबार जिल्ला अदालत कास्कीमा उपस्थित गराइएको थियो । त्यसपछि न्यायाधीश नवराज दाहालको इजलासमा पेस गरिएको थियो ।

गत शुक्रवार काठमाडौंबाट पक्राउ परेका परेका उनीलाई शनिबार ३ बजे कास्की प्रहरी कार्यालय पुर्‍याइएको थियो ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version