काठमाडौँ:
मेरिकी सञ्चारमाध्यमहरुले अर्को स्विङ स्टेट विस्कन्सिन डोनाल्ड ट्रम्पले जित्ने प्रक्षेपण गरेका छन्। यससँगै उनले २७० इलेक्टोरल मतको लक्ष्य पार गरेका छन्।

विस्कन्सिनमा विजयी भएसँगै राष्ट्रपतीय निर्वाचन पनि ट्रम्पको खल्तीमा परेको छ। उनी ४७ औँ राष्ट्रपति बनेका छन्।

निर्वाचन अभियानका क्रममा दुई हत्याप्रयासका बाबजुद ऐतिहासिक पुनरागमन गर्दै ट्रम्पले कमला ह्यारिसलाई हराएर चुनाव जितेका हुन्।

आगामी चार वर्ष उनले मुलुकको नेतृत्व गर्नेछन्।

७८ वर्षीय ट्रम्प एकपटक चुनाव हारिसकेपछि पुनः राष्ट्रपति बन्ने इतिहासकै दोस्रो व्यक्ति बन्ने भएका छन्।

यसअघि १८९३ मा ग्रोभर क्लिभल्यान्डले दोस्रोपटक यसैगरी चुनाव जितेका थिए।

यसअघिका राष्ट्रपति जो बाइडेन इतिहासकै वृद्ध राष्ट्रपति थिए। ट्रम्पको उमेर पनि उति नै छ। एजेन्सी

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version