काठमाडौँ: राष्ट्रपति रामचन्द्र पौडेल आफ्नी श्रीमतीका साथ छठपूजास्थल गौरीघाट पुगेका छन् । हिन्दु धर्मावलम्बीहरूले कार्कित शुक्लपक्ष षष्ठीका दिन छठपूजा गरी छठ पर्व मनाउने गरिन्छ ।
खास गरी छठ पर्व तराईमा मनाउने प्रचलन भए पनि पछिल्लोपटक काठमाडौं उपत्यकामा पनि छठ मनाउनेको संख्या बढ्दै गएको छ । छठ पूजाको मुख्य दिन अस्ताउँदो सूर्यलाई अर्घ दिइन्छ भने भोलिपल्ट उदाउँदो सूर्यलाई अर्घ दिएपछि छठ पूजा सकिन्छ । अघिल्लो दिनबाटै छठको व्रत बस्ने प्रचलन पनि हुन्छ । र यो पर्वमा मुख्य रूपमा सूर्यको अर्चना गरिन्छ ।
छठपूजाका लागि काठमाडौंका नदी छेउहरूमा सफा गरी छठघाट बनाइएको छ । कमलपोखरी, गौरीघाटलगायतका क्षेत्रलाई बेहुलीझैँ सिंगारिएको छ ।

