बिराटनगर: मानव तस्करीमा मुछिएपछि राजीनामा दिएका कोशी प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन लीलाबल्लभ अधिकारीलाई आइतबार प्रहरीले नियन्त्रणमा लिएको छ ।

सत्तारुढ नेकपा (एमाले)ले शनिबार पार्टीका सबै जिम्मेवारीबाट निलम्बन गरिसकेको अवस्थामा अधिकारीलाई आइतबार जिल्ला प्रहरी परिसर काठमाडौंमा उपस्थित गराउने गरी नियन्त्रणमा लिइएको हो ।

अधिकारीलाई आइतबार दिउँसो साढे १ बजेको जहाजमार्फत् विराटनगरबाट काठमाडौं ल्याएर प्रहरीमा उपस्थित गराइँदैछ ।

जापान भ्रमणका क्रममा मन्त्रालयकै परिचयपत्र बनाएर मानव तस्करीमा संलग्न भएको पुष्टि भएपछि अधिकारीले मन्त्री पदबाट राजीनामा दिएका थिए ।

त्यसपछि उनलाई कारबाही गर्न नेकपा एमालेमाथि चर्को दबाब परेको थियो । एमालेका कोशी प्रदेश अध्यक्ष घनश्याम खतिवडाले साधारण सदस्यसमेत नरहने गरी अधिकारीलाई निलम्बन गरिएको शनिबार बताएका छन् ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version