काठमाडौँ: भारतीय स्थलसेनाध्यक्ष जनरल उपेन्द्र द्विवेदी पाँच दिने भ्रमणका लागि नेपाल आउने भएका छन्।

प्रधान सेनापति महारथी अशोकराज सिग्देलको औपचारिक निमन्त्रणमा उनी नेपाल आउन लागेका हुन्।

उनी मंसिर ५ गते नेपाल आएर ९ गते फर्किने नेपाली सेनाले बताएको छ।

उक्त भ्रमणमा उनले प्रधानमन्त्री र रक्षामन्त्रीसँग पनि भेटघाट गर्ने कार्यक्रम रहेको सेनाले जनाएको छ।

उनी नेपाल भ्रमणका क्रममा वीर स्मारकमा श्रद्धाञ्जली अर्पण, जंगीअड्डामा सम्मान गारत निरीक्षण, प्रधानसेनापति महारथी सिग्देलसँगको भेटघाट र छलफल गर्ने कार्यक्रम छ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version