काठमाडौँ: रुपन्देहीको बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेको बयान सकिएको छ।
जिल्ला सरकारी वकिलको कार्यालयमा सरकारी वकिलको रोहवरमा प्रहरीले तीन दिन लगाएर लिएको बयान आज (बिहीबार) सकिएको हो। अब उनलाई पोखरा लगिँदै छ। साँझ ६:३० को उडानमा पोखरा लैजाने गरी टिकट काटिएको भए पनि डिले भएर एक घण्टा पर धकेलिएको रविको सचिवालयले जनाएको छ।
सरकारी वकिलको रोहबरमा रूपन्देही प्रहरीका अनुसन्धान अधिकारीले बयान लिइरहेको छ। बयान सकिएपछि उनलाई पोखरा लैजान साँझ ६:४० बजेको उडानका लागि टिकट काटिसकिएको छ।
रविसँग मंगलबार ४ घण्टा र बधुबार ९ घण्टाभन्दा बढी समय बयान लिइएको थियो।

