काठमाडौँ: आगामी मंसिर १६ गते कीर्तिपुरको मेयरका लागि हुने उपनिर्वाचनमा नेपाली कांग्रेसले कृष्णमान डंगोलाई उम्मेदवार बनाउने भएको छ।

शनिबार बसेको नेपाली कांग्रेसको बागमती प्रदेश समितिको बैठकले उनलाई उम्मेदवार बनाउने निर्णय गरेको हो। पालिकाबाट १४ जनाको नाम जिल्ला हुँदै प्रदेशमा पुगेको थियो।

प्रदेश समितिले डंगोलाई नै उम्मेदवार बनाउने निर्णय लियो। उनी नेपाली कांग्रेस कीर्तिपुर नगर समिति सभापति समेत हुन्।

२०७९ को चुनावमा नेपाली कांग्रेसका राजकुमार नकर्मी ९०४३ मत ल्याएर विजयी भएका थिए। उनको निधन भएपछि त्यहाँ उपचुनाव हुन लागेको हो।

दोस्रो एमालेका केशरत्न बज्राचार्यले ५५०७ मत पाएका थिए भने माओवादीका शिवशरण मर्हनले ४०९० मत ल्याएका थिए।

कांग्रेसले मेयर र उपमेयर मात्रै होइन, १० मध्ये ९ वटा वडाध्यक्ष पनि जितेको थियो। अघिल्लो पटक जितेकाले यसपटक पनि आफूहरुले नै जित्ने कांग्रेसको दाबी छ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version