गौर : रौतहटको गरुडामा शव जलाउने विषयमा दोहोरो झडप हुँदा गोली चलेको छ ।

गरुडा नगरपालिका–९ श्रीपुरमा गम्हरीया टोल र श्रीपुर टोलबीच शव जलाउने क्रममा दोहोरो झडप भएको स्थानीय युवा राजकुमार दासले जानकारी दिए ।

गम्हरीया टोलबाट श्रीपुर टोलमा रहेको पैनीखोलामा शव जलाउन ल्याएपछि दोहोरो झडप भएको हो । झडपलाई नियन्त्रणमा लिन दुई दर्जनभन्दा बढी राउण्ड अश्रुग्यास प्रहार गरिएको इलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ ।

दोहोरो झडपमा इलाका प्रहरी कार्यालय गरुडाका सहायक प्रहरी निरीक्षक विश्वनाथ यादवसहित तीन प्रहरी जवान घाइते भएको इलाका प्रहरीले जनाएको छ । अहिले सो क्षेत्र सामान्य भएको प्रहरीले जनाएको छ ।

गत एक हप्ता अगाडि पनि सो क्षेत्रमा शव जलाउने विवादमा दोहोरो झडप भएको थियो । झडप भएपछि जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरीक्षक केदार ढकालको रोहबरमा सो क्षेत्रमा शव नजलाउने सहमति भएको थियो ।
–––

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version