काठमाडौं । शुक्रबार काठमाडौंमा सत्तारुढ दल एमालेसहित अन्‍य विभिन्न पक्षले प्रदर्शन गर्ने भएका छन् । सरकारको नेतृत्व गरेको एमालेले दरबारमार्गमा प्रदर्शन गर्दैछ ।

एमाले नेता विष्णु रिजालका अनुसार काठमाडाैंका विभिन्न सम्पर्कविन्दुबाट ११ बजे बिहान सुरु हुने जुलुस दरबारमार्ग पुग्नेछ ।

यही समयमा सहकारीमा बचत गरेको तर रकम फिर्ता नपाएका पीडितहरुको प्रदर्शन पनि जारी हुनेछ । उनीहरुले दुई दिनदेखि जारी राखेको आन्दोलनलाई शुक्रबार पनि निरन्तरता दिने भएका छन् । उनीहरुले माइतीघरमा केन्द्रित भई प्रदर्शन जारी राखेका छन् ।

सहकारी ठगीमा संलग्नहरुमाथि छानबिन र कारवाही हुनुपर्ने अनि पीडितहरुको बचत फिर्ता हुनुपर्ने उनीहरुको मुख्य माग छ ।

यता, दुर्गा प्रसाई समर्थकहरुले पनि शुक्रबार काठमाडौंको कोटेश्वरमा प्रदर्शन गर्ने तयारी गरेको काठमाडौंका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले बताए । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाभियानको नाम दिएर उनका समर्थकहरुले प्रदर्शन गर्न लागेका हुन् ।

उनले भने, ‘भोलि तीन पक्षले फरक-फरक ठाउँमा एकै समयमा प्रदर्शनको तयारी गरेका छन्। त्‍यसकारण हामीले आम नागरिकको शान्ति सुरक्षा कायम हुने गरी सुरक्षा प्रबन्ध मिलाएका छौं।’

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version