काठमाडौँ: सरकारले नेपाल धितोपत्र बोर्डको अध्यक्षमा सन्तोषनारायण श्रेष्ठलाई नियुक्त गरेको छ।

सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले श्रेष्ठलाई ४ वर्षको लागि बोर्ड अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो।

सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले धितोपत्र बोर्डको अध्यक्षमा श्रेष्ठलाई नियुक्त गरेको जानकारी दिए।

बोर्ड अध्यक्ष छनोट समितिले आइतबार सन्तोष नारायण श्रेष्ठ, मुक्तिनाथ श्रेष्ठ र डा. नवराज अधिकारीको नाम सिफारिस गरेको थियो ।समितिले सिफारिस गरेका व्यक्‍तिमध्ये बाट सरकारले सन्तोष नारायणलाई नियुक्त गर्ने निर्णय गरेको हो ।

व्यवसायीक प्रशासनमा स्नातकोत्तर गरेका श्रेष्ठ वित्तीय संस्थाको सञ्चालक समितिको अध्यक्ष भइ काम गरिसकेका छन् । त्यसैगरी विद्युत प्रधिकरण सञ्चालक समितिमा समेत बसेर काम गरिसकेका छन् ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version