काठमाडौँ । फरार प्रतिवादी खोज्दा नेपाल प्रहरीका बहालवाल इन्स्पेक्टर फेला परेका छन् । स्वयम्भू वृतमा कार्यरत प्रहरी निरीक्षक धर्मेन्द्र अकौलिया फरार सूचीमा रहेको भेटिएपछि उनलाई प्रहरीले पक्राउ गरेर अदालतमा बुझाएको छ ।

सहकारीसम्बन्धी मुद्दामा फरार रहेको भेटिएपछि अकौलियालाई निलम्बन गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी नवराज अधिकारीले रातोपाटीलाई बताए । प्रहरीले उनलाई अदालतमा उपस्थित गराएको छ ।

कसुरमा प्रहरी वृत्त स्वयम्भूमा २०८० भदौमा जाहेरी दर्ता भएको थियो ।

अनुसन्धान सकेर प्रहरले २०८१ साउनमा अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझायो । मुद्दा अदालतमा पेस भएर सुनुवाइको प्रक्रियामा छ ।

सहकारीको सञ्चालक समिति सदस्य समेत रहेका अकौलिया २०८१ भदौ २७ मा सरुवा भएर स्वयम्भू पुगेका हुन् । आफ्नै इन्स्पेक्टर फरार सूचीमा रहेको भेटेपछि स्वयम्भू वृत्तका डीएसपी उद्धव सिंह भाटले त्यसबारे काठमाडौँ प्रहरी प्रमुख बसन्त रजौरेलाई खबर गरेका थिए ।

प्रहरीले उनलाई मंसिर ४ मा काठमाडौँ जिल्ला अदालतमा पेस गरेको थियो । एक लाख धरौटी बुझाएर छुटेका अकौलिया स्वतः निलम्बनमा परेका छन् ।

२०८० वैशाख ५ मा नागार्जुन नगरपालिकाले सहकारीलाई विश्वासघात गरेकोबारे अनुसन्धान गर्न पत्र पठाएपछि प्रहरीले त्यसबारे अनुसन्धान गरेको थियो ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version