काठमाडौ: कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले दुग्ध विकास सस्थान (डिडिसी) लाई प्रभावकारी बनाई ऋणवाट मुक्त गराउन आफुले सक्दो प्रयास गरीरहेको वताउनु भएको छ ।

आज सिहंदरवार स्थीत मन्त्रालयमा राष्ट्रीय किसान संजालको ज्ञापनपत्र बुझ्दै मन्त्री अधिकारीले डिडिसीको उत्पादनको खपत बढाउन ब्यक्तिगत तबरबाट समेत आफुले विभिन्न प्रयास गरिरहेको भन्दै यस्को नतिजा चाडै देखिने उल्लेख गर्नुभयो ।


बिगत देखिनै डिडिसीमा बेथिति रहेको र यसलाई अन्तय गर्न केही समय लाग्ने र यसका लागि आफ्नो पहल जारी रहेको मन्त्री अधिकारले उल्लेख गर्नुभयो ।

यो समयमा डिडिसीले दूध खरिदमा बिगत देखीनै कोटा निर्धारण गर्ने गरेको जानकारी आफुलाई आएको भएपनि किसानलाई निरास पार्न नहुनेमा मन्त्रालयको जोड रहेको मन्त्री अधिकारीले वताउनुभयो । सरकारले दुधमा पनि आत्मनिर्भताको बिषय उठाउदै गर्दा किसानको दूध खरीद नगर्ने भन्ने कुरा हुन सक्दैन , मन्त्री अधिकारीले भन्नुभयो ।

केही संचार माध्यममा किसानको दूध सरकारी संस्थान डिडिसीले कोटा तोकेको भन्ने बिषय आएको तर दूध बिक्री नभएको भनि कुनै पनि किसानको गुनासो नआएको भए पनि यस विषयलाई आफुले गम्भीरता पुर्बक लिएको भन्दै मन्त्री अधिकारीले यस सम्वन्धमा केही दिनमै यथार्थ बाहिर ल्याईने वताउनुभयो । ज्ञापन पत्र बुझाउदै संजालले दूध ,उखु ,सुपारी लगायत अहिलेका समस्या समाधानका लागि ध्यानाकर्षण गराएको छ ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version