काठमाडौं । युएईमा जारी यू-१९ एसिया कपमा नेपालले लगातार दोस्रो हार बेहोरेको छ । पहिलो खेलमा श्रीलंकासँग ५५ रनले पराजित भएको नेपाल दोस्रो खेलमा बंगलादेशसँग ५ विकेटले पराजित भएको हो ।

नेपालले दिएको १४२ रनको लक्ष्य पछ्याएको बंगलादेशले २८ ओभर ४ बलमा ५ विकेट गुमाएर पूरा गर्‍यो । बंगलादेशका जबार अबारले ५९ रन र मोहम्मद हाकिमले ५२ रन बनाए । बलिङमा नेपालका युवराज खत्रीले ४ र कप्तान हेमन्त धामीले एक विकेट लिए ।

त्यसअघि युएईको दुबई इन्टरनेशनल क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले ४५ ओभर ४ बलमा सबै विकेट गुमाउँदै १४१ रन बनाएको थियो ।

नेपालका लागि ओपनर आकाश त्रिपाठीले सर्वाधिक ४३, अभिषेश तिवारी र उत्तम मगरले २९–२९ रन बनाएका थिए । अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेका थिए ।

बलिङमा बंगलादेशका रिजन हसन, इकबाल हुसेन इमन र अल फहादले दुईदुई विकेट लिएका थिए । लगातार दोस्रो हारसंगै नेपाल एसिया कपको सेमिफाइनल दौडबाट बाहिरिएको छ । अब नेपालले अन्तिम खेल अफगानिस्तानसँग मंगलबार खेल्नेछ ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version