काठमाडौँ: नेपाल र चीनबीच आठ विषयमा सहयोग र सहकार्यसम्बन्धी सहमति पत्रमा हस्ताक्षर भएको छ।

चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ समकक्षी ली छ्याङबीच आज बिहान ग्रेट हल अफ पिपलमा भएको भेटवार्ताको क्रममा सहमति पत्रमा हस्ताक्षर भएको हो।

सुरुङमार्ग, हिल्सा–सिमकोट सडक, किमाथांका–खाँदबारी सडक र पुल, काठमाडौं–हेटौंडा पोडवे, जिलोङ–केरुङ-काठमाडौं क्रसबोर्डर रेल्वे, जिलोङ-केरुङ-रसुवागढी चिलिमे २२० केभी क्रसबोर्डर प्रसारण लाइन, काठमाडौं उपत्यका प्रसारण लाइन स्तरोन्नति गर्ने लगायतका विषयमा समझदारी गर्ने तयारी गरेका हुन् ।

प्रधानमन्त्री ओलीले आजै चीनका राष्ट्रपति सी जिनपिङसँग भेटवार्ता गर्ने कार्यक्रम छ। प्रधानमन्त्री ओली नेतृत्वको प्रतिनिधिमण्डल मङ्सिर १७ गते सोमबार जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमणका लागि बेइजिङ गएको हो।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version