जाजरकोट: जाजरकोटको नलगाड नगरपालिका–३ बाँसकोट बोलेरो जिप दुर्घटना पाँच जनाको मृत्यु भएको छ।

गएराति कालिमाटी बजारबाट कैना हुँदै कटके जाँदै गरेको ग ३ च ९८४५ नम्बरको डबल क्याप बोलेरो दुर्घटनामा परेको हो।

जिल्ला प्रहरी कार्यालय, जाजरकोटका प्रहरी प्रमुख हरिराम डाँगीका अनुसार दुर्घटनामा चालकसहित पाँच जनाको मृत्यु भएको हो।

दुर्घटनामा चालक इन्द्रजित थापासँगै शारदा थापा, शिला पुन र लक्ष्मी पुन र लक्ष्मी पुनको छोराको मृत्यु भएको डाँगीको भनाइ छ। उनका अनुसार जिप बाँसकोट भन्ने स्थानको मोडबाट करिब आठ सय मिटर तल खोलामा खसेको छ।

जिपमा सात जना सवार रहेको र अन्य दुई जना घाइतेलाई उपचारका लागि अस्पताल पठाएको छ। घाइतेको अवस्था सामान्य रहेको डाँगीले बताए।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version