काठमाडौँ:
नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनलमा जनकपुर बोल्ट्सविरुद्ध सुदूरपश्चिम रोयल्सले पहिले ब्याटिङ गर्ने भएको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सुदूरपश्चिम रोयल्सका कप्तान दीपेन्द्र सिंह ऐरीले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेका हुन्।

फाइनलमा सुदूरपश्चिम र जनकपुर दुवै टोलीले अघिल्लो खेलको सुरुवाती ११ लाई नै निरन्तरता दिएका छन्।

जारी एनपीएलमा यी दुई टोलीबीच तेस्रो भेट हो।

जनकपुर बोल्ट्सः
आशिफ शेख, शुभ कंसाकार,किशोर महतो, शेर मल्ल, ललित राजवंशी, मयन यादव, आकाश त्रिपाठी, जेम्स निशम, मोहम्मद मोहसिन, लाहिरु मिलान्था, हर्ष ठाकर

सुदूरपश्चिम रोयल्सः
दीपेन्द्रसिंह ऐरी (कप्तान), आरिफ शेख, अविनास बोहोरा, नरेन साउद, इसान पाण्डे, विनोद भण्डारी, नरेन बुढाएर, ब्राण्डोन म्याकमुलेन, सैफ जैव, स्कट कुगेलिन, हरमित सिंह

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version