काठमाडौँ: चितवनको सौराहामा आजदेखि हात्ती तथा पर्यटन महोत्सव सुरु भएको छ। क्षेत्रीय होटल संघ चितवनको आयोजनामा बाघमारा मध्यवर्ती सामुदायिक वनको चौरमा १८औँ संस्करणको हात्ती तथा पर्यटन महोत्सव सुरु भएको हो।

महोत्सवमा सरकारी र निजी गरी करिब ८० हात्ती सहभागी छन्।

रत्ननगर नगरपालिका संरक्षक रहेको महोत्सवको उपप्रधानमन्त्री एवम् सहरी विकासमन्त्री प्रकाशमान सिंहले उद्घाटन गर्ने कार्यक्रम रहेको संघका महासचिव गुणराज थपलियाले जानकारी दिए।

महोत्सवको अवसर पारेर व्यवसायीले आन्तरिक तथा बाह्य पर्यटकका लागि १० प्रतिशत छुट दिने घोषणा गरेका छन्। व्यवसायीहरूले पुस १० देखि १६ गतेसम्म सौराहाका होटल तथा रेस्टुरेन्टमा खाना र आवासमा १० प्रतिशत छुटको व्यवस्था गरिएकाे जनाएका छन्।

महोत्सवमा हात्तीको श्रृंगार, हात्ती वनभोज, हात्तीमैत्री फुटबल पेनाल्टी, हात्तीमैत्री म्युजिकल वाक, हात्तीको स्वास्थ्य परीक्षण शिविर, पालिका स्तरीय डुंगादौड प्रतियोगिता, स्वदेशी तथा विदेशी टुर एन्ड ट्राभल एजेन्सीहरूबीच गोष्ठी, अन्तक्रिया लगायतका कार्यक्रम हुनेछन्।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version