काठमाडौँ: सरकारले नजिकिँदो चाडबाडलाई लक्षित गर्दै हरेक वर्ष संचालन गर्दै आएको सुपथ मूल्यका पसल यस वर्ष असोज १५ गतेदेखि संचालन गर्ने भएको छ।

यसअघि असोज १२ गतेबाट संचालन गर्ने भनिए पनि विविध कारणले १५ गतेबाट मात्रै सुपथ मूल्य पसल संचालनमा गर्न उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले जानकारी दिएको नेपाल खाद्य संस्थानका प्रवक्ता शंकर सापकोटाले पहिलोक्लिकलाई बताए।

” यस अघि असोज १२ गतेदेखि संचालन गर्नेगरी तयारी गरिएपनि विविध कारणले गर्दा केहि दिन पछि सर्न पुगेको हो,” उनले भने।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गत नेशनल ट्रेडिङ, साल्ट ट्रेडिङ कर्पोरेसन, खाद्य संस्थान र दुग्ध विकास संस्थानले सहुलियत पसलहरु संचालन गर्नेछन्।

सापकोटाका अनुसार यस वर्षको सुपथ पसलमा प्रति किलो २ देखि ५० रुपियाँसम्म छुटको व्यवस्था छ।

संस्थानले सोनो मन्सुली, जिरा मसिनो र जापानिज चामलमा प्रति किलो पांच रुपैयाँ, बासमती र गोरखनाथ चामलमा प्रति किलो १० रुपैयाँ छुट दिने उनले बताए।

संस्थानले खसी बोकामा प्रतिकोलो १० रुपैयाँ, जुम्ली तिते फापरमा प्रतिकिलो १० रुपैयाँ, जुम्ली सिमीमा पनि प्रतिकिलो १० रुपैयाँ छुटमा विक्री गर्ने तयारी गरेका छौँ, उनले भने।

सरकारले यस वर्ष घ्यूमा प्रतिकिलो ५० रुपैयाँ, चिनीमा प्रतिकिलो ५ रुपैयाँ, नुनमा प्रतिकिलो २ रुपैयाँ र पनिरमा प्रतिकिलो १० रुपैयाँ छुट दिने निर्णय गरेको छ।

उनका अनुसार काठमाडौँ उपत्यकामा ९ वटा स्टल र तीनवटा घुम्ती पसलसहित देशभर ३६ स्थानमा सहुलियत पसलहरु संचालन हुनेछन्।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version