७ दिने राष्ट्रिय शोकको घोषणा

एजेन्सी:
दक्षिण कोरियाको मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको जेजु एयरको विमान दुर्घटनामा सवार १८१ मध्ये दुई जना मात्र बाँच्न सफल भएका छन्।

सबै यात्रु र चालक दलका चार सदस्यसहित १७९ जनाको ज्यान गएको पुष्टि भएको हो। उद्धार गरिएका दुई जना चालक दलको सदस्य भएको बताइएको छ।

७ दिनका लागि मुलुकमा शोक अवधि घोषणा गरिएको छ। सरकारी कार्यालयमा झण्डा झुकाइने छ भने कर्मचारलिे कालो रिबन लगाउने छन्।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version