काठमाडौँ: राष्ट्रिय किताबखाना (शिक्षक), छाउनी मार्ग तहाचल, काठमाडौंमा कार्यरत शाखा अधिकृत धनेश्वर प्रसाईले पेन्सनपट्टा बनाईदिने प्रयोजनार्थ सेवाग्राहीसँग घुस/रिसवत माग गरिरहेको अवाथामा रंगे हात पक्राउ परेका छन् ।
अख्तियार दूरुपयोग अनुशन्धान आयोगले आइतबार गरेको स्टिङ ओपेरसन्मा उनलाई तीन लाख नगत घुषसहित पक्राउ गरिएको आयोगका प्रबक्ता नरहरि घिमिरेले जानकारी दिए ।
गोप्य सूचनाका आधारमा आयोगको टङ्गालबाट खटिई गएको टोलीले निज प्रसाईलाई सेवाग्राहीबाट तीन लाख रुपैया घुस/रिसवत लिइसकेको अवस्थामा उक्त रकमसहित निजको कार्यकक्षबाट नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ ।
Facebook Comments Box

