रौतहट: रौतहटको पूर्वीभेग राजदेवी नगरपालिका– ५ स्थित पासवान टोलमा गए राति भीषण आगलागी भएको छ। लामखुट्टे भगाउन बालिएको घुरबाट सल्किएको आगोले सात वटा घर जलेर नष्ट भएका छन् ।

राजदेवी नगरपालिका– ५ पताही बस्ने जगतनाथ पासवानको फुसले छाएको घरमा नजिकै बालेको घुरबाट सल्किएर आगलागी भएको थियो।

आगलागी बाट बाबुलाल हजरा, रामनाथ पासवान, राम सोगारथ पासवान, दीपेन्द्र पासवान, विजय पासवान, कान्तिदेवी पासवान र प्रदीप पासवान, लगायत सात जनाको घर पूर्ण रूपमा जलेर नष्ट भएको प्रहरीले जनाएको छ। आगलागीबाट ८ लाख बढीको क्षति भएको प्रारम्भिक अनुमान गरिएको प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले खबरहबलाई जानकारी दिए ।

आगलागीको खबरपछि बीओपी बेलबिछवाबाट सशस्त्र प्रहरीका सई मदन कुमार शाहाको कमाण्डमा १० जना, प्रहरीचौकी वसन्तपुरबाट असई रामलगन दासको कमाण्डमा ५ जनाको टोली, गौर नगरपालिकाको दमकल र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version