नवलपरासी : पश्चिम नवलपरासीका किसान उखुको भुक्तानीबाट वञ्चित भएका छन् । यहाँका चिनी उद्योगले किसानलाई ४५ करोड रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको छ । रकम नपाएपछि किसान आन्दोलनको तयारीमा जुटेका छन् ।

किसानले चिनी उद्योगबाट अघिल्लो वर्षको बक्यौता रकम पाउनुपर्ने, यस वर्ष समयमै उखुको मूल्य निर्धारण गरिनुपर्नेलगायत माग राख्दै आएका छन् ।

उखु उत्पादक कृषक समितिका अध्यक्ष उमेशचन्द्र यादवका अनुसार उखु मिलले अघिल्लो वर्ष खरीद गरेको रकम किसानलाई भुक्तानी गर्न आलटाल गर्दै आएका छन् । जिल्लाका इन्दिरा सुगर उद्योग, वाग्मती खाडसारी चिनी मिल र लुम्बिनी चिनी मिलबाट किसानले भुक्तानी पाउन बाँकी छ ।

वाग्मती चिनी मिलले २६ करोड रुपैयाँ, इन्दिरा सुगर मिलले १७ करोड रुपैयाँ तथा लुम्बिनी चिनी मिलले दुई करोड रुपैयाँ भुक्तानी दिन बाँकी रहेको समितिका सचिव बन्दुप्रसाद बरइले जानकारी दिए ।

“उखु क्रसिङ गरेको ६ महीना बित्दा पनि किसानसँग उधारोमा किनेको उखुको भुक्तानी रकम उद्योगले दिएका छैनन्,” किसानले प्रतिक्विन्टल ५३६ रुपैयाँका दरले भुक्तानी पाउन बाँकी छ । जिल्लामा कूल सात हजार ५०० हेक्टर क्षेत्रफलमा उखु खेती गर्ने गरिन्छ । पश्चिम नवलपरासीमा करीब १८ लाखदेखि २० लाख क्विन्टलसम्म उखु उत्पादन हुने गरेको समितिले जनाएको छ ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version