एजेन्सी: एथलेटिको क्लबलाई हराउँदै बार्सिलोना स्पेनिस सुपर कपको फाइनलमा पुगेको छ।

बुधबार राति किङ अब्दुल्लाह स्पोर्ट्स सिटी स्टेडियममा भएको सेमिफाइनलमा एथलेटिको क्लबलाई २–० गोलअन्तरले हराउँदै फाइनलमा पुगेको हो।

बार्सिलोनाको जितमा गाभी र लामिन यामालले समान एक गोल गरे।

खेलको १७औँ मिनेटमा गाभीको गोलमा बार्सिलोनाले सुरुवाती अग्रता बनाएको थियो। खेलको ५२औँ मिनेटमा यामालको गोलमा बार्साले अग्रता दोब्बर पार्‍यो।

स्पेनिस सुपर कपको दोस्रो सेमिफाइनलमा रियल मड्रिड र रियल मार्लोका भिड्नेछन्।
सुपर कपको फाइनल खेल आइतबार हुनेछ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version